बालेनको बलमिच्याइँ, प्रमुख प्रशासकीय अधिकृतको बाटो बन्द

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । प्रशासकीय अधिकृत सरोज गुरागाईँले तीन महिना १४ दिनपछि आज कार्यालय पुगेर हाजिर गर्ने तयारी थालेसङ्गै मेयरले कार्यकक्षमा ताला लगाएर गेटमा नगर प्रहरी खटाएका हुन् ।
त्यसैगरी,उनले गुरागाईँको गाडीमा ह्विललक लगाइदिएका छन् । उनी कुनैपनि हालतमा गुरागाईँलाई हाजिर गर्न नदिने अडानमा छन् । यता,जम्मै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारी गुरागाईँको स्वागतका लागि गेटमा बसेका छन् । वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले गुरागाईँको सहजीकरणका लागि महानगरका पदाधिकारी र कर्मचारीहरु गेटमा उभिइरहेको जानकारी दिए ।
गुरागाईँको गाडीमा ह्विललक लगाइदिएका छन् । उनी कुनै पनि हालतमा गुरागाईँलाई हाजिर गर्न नदिने अडानमा छन् । यता,जम्मै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारी गुरागाईँको स्वागतका लागि गेटमा बसेका छन् ।
जसरी भएपनि प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएरै छोड्ने उनको भनाइ छ । जनआस्थासँग उनले भने,‘मेयरले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्विललक गरिदिनुभएको छ । उहाँलाई प्रवेश गर्न नदिन गेटमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ । ढोकामा ताला लगाइएको छ । सबै वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारी सहजीकरणका लागि गेटमा छौं ।’
यता,मेयरले अभिभावकीय भूमिका खेल्न नसकेको भन्दै उपस्थितहरुले चर्को आलोचना गरिरहेका छन् । मेयरले महानगरको समस्याभन्दा जडिबुटीको जोशमा आफ्नो ‘इगो’ लाई प्राथमिकता दिएको उनीहरुको आरोप छ ।
एकातिर सरकारले प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीलाई तलव खुवाउन पाइन भन्ने,अर्काेतिर आएका अधिकृतको बाटो छेक्ने- यो कस्तो तरिका हो ?
नगरप्रहरीको अवरोधका बीच वडाध्यक्ष र कर्मचारीहरुले गुरागाइँलाई भर्खरै कार्यालय प्रवेश गराएका छन् । तर, कार्यकक्षमा लगाइएको ताला भने खोलिएको छैन् ।
तस्बिरहरुः
टिप्पणीहरू