पहिले अदालत, पछि कारागार

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति राजधानीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतमा पेश गरेपछि कारागार चलान गरिँदै छ ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालतले जिल्ला अदालतको आदेश उल्टाइदिएपछि शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका हुन् ।
उच्चले छविलाल जोशीलाई झैँ रविलाई पनि जेल पठाउन आदेश दिएको हो । जिल्लाले रविलाई माघ १३ गते एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । शुक्रबारको रात काठमाडौंमा राखिएका उनलाई अस्ति र हिजो जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएको थियो ।
टिप्पणीहरू