लालीगुराँस पदमार्गमा समावेश गर्न तीन पालिकाको आग्रह

लालीगुराँस पदमार्गमा समावेश गर्न तीन पालिकाको आग्रह

ताप्लेजुङका तीन वटा स्थानीय तहले पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा समावेश गर्न कोशी प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

परियोजनाअन्तर्गत चार वटा पदमार्गमध्ये लालीगुराँस पदमार्गमा समावेश गरिदिन मेरिङदेन, मैवाखोला र मिक्वाखोला गाउँपालिकाले अनुरोध गरेका हुन् । नेपाल सरकार र स्वीस सरकारको दुईपक्षीय सम्झौताअनुसार कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना चालु आर्थिक वर्षदेखि सञ्चालनमा छ । 

‘परियोजनाअन्तर्गत चार वटा पदमार्गहरुमध्ये लालीगुराँस पदमार्ग (तुम्लिङटार खादवारी–नुम–गुफापोखरी–वसन्तपुर–जलजले–तिनजुरे–मिल्के) सहित २९ वटा स्थानीय तहलाई भौगोलिक क्षेत्रमा जोड्ने गरी निर्माण हुन लागेको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा प्रस्तावित लालीगुराँस पदमार्ग (तुम्लिङटार खादवारी–नुम–गुफापोखरी–वसन्तपुर–जलजले–तिनजुरे–मिल्के) चैनपूर, धर्मदेवी, खाँद्वारी, मादी, पाँचखपन, लालीगुराँस, म्याङलुङ नगरपालिका, विचला, मकालु, सभापोखरी, सिलिचोङ गाउँपालिका, फेदाप गाउँपालिका (१२) १६० किमीले ताप्लेजुङका तीन वटा स्थानीय तह मैवाखोला, मेरिङदोन र मिक्वाखोला गाउँपालिकालाई समेत समेट्छ । तर, उक्त परियोजनाले ताप्लेजुङ जिल्लाअन्तर्गत पर्ने तीन वटै पालिकालाई नसमेटिएको कारण हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

परियोजना निर्माणमा लागत साझेदारी, रोयल्टी बाँडफाँट र स्थानीय प्राकृतिक स्रोत साधनको उपयोगमा स्थानीयहरुको अग्राधिकार हुने कानूनी व्यवस्थालाई बर्खिलाप हुने गरी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघि सारेकोप्रति गम्भीर आपत्ति जनाउँदै तीन वटै पालिकाले भनेका छन्, ‘सो तत्काल सच्याउन माग गर्दै उक्त परियोजना निर्माण गर्दा हालको लालीगुराँस पदमार्ग (तुम्लिङटार खादवारी–नुम–गुफापोखरी–वसन्तपुर–जलजले–तिनजुरे–मिल्के) देखि जलजले–तिन पोखरी सोदुपोखरी तोप्केगोला–ओलाङ्चुङ गोलासम्म कायम गर्न जोडदार माग गर्दछौं ।’

टिप्पणीहरू