राजावादी हिंसामा थप तीन पक्राउ, दुईलाई अदालत

गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न तीन जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्नहरुलाई प्रहरीले आज पक्राउ गरेर म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ ।
पक्राउ पर्नेमा पूर्वपत्रकार,कलाकार तथा काभ्रेली मोडल ऐनी कुँवर,सिन्धुपाल्चोकका २७ वर्षीय कुमार तामाङ्ग रहेका छन् । अर्का एक जनालाई भर्खरै नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एक अधिकृतले बताए ।
नले भने,‘एक जनालाई भर्खर नियन्त्रणमा लिएका छौं । उनलाई भोलि मात्र म्याद थपका लागि अदालतमा उपस्थित गराइन्छ । अन्य दुई जनालाई म्याद थपका लागि अदालत पठाइएको छ ।’ राजावादी प्रदर्शनका क्रममा आगो लगाएको घरभित्रबाट एनी बाहिरिँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
"दुर्गा प्रसाईंलाई भगाउने ड्राइभरलाई चाँहि तारिखमा छोड्यौँ । गाडी साहु उनको कार्यकर्ता रहेछन् । संखुवासभाका भूपू सैनिक उनीमाथि म्याद थप गरेर अनुसन्धान जारी छ"
सो भवनमा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक मृत फेला परेका थिए । तामाङ्गले भने जडीबुटीस्थित मुख्य चोकको ट्राफिक लाइट फुटाएका हुन् । उनले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगजनी गर्नका लागि आगो फुक्दै गरेको भिडियो क्लिपहरु सामाजिक सञ्जालमा छरपष्ट छ ।
यता,राजावादीहरुको अराजक प्रदर्शनका ‘कमाण्डर’ दुर्गा प्रसाईंको खोजी भइरहेको छ । ‘उनी कहाँ गए भन्ने विषयमा हामीले विभिन्न कोणबाट विश्लेषण गरिरहेका छौं । गाडीको ड्राइभरलाई चाँहि तारिखमा छोड्यौँ । गाडी साहु उनको कार्यकर्ता रहेछन् । संखुवासभाका भूपू सैनिक उनीमाथि म्याद थप गरेर अनुसन्धान जारी छ’,ती अधिकृतले भने ।
टिप्पणीहरू