चोङछिङ पुग्यो माओवादीको जम्बो टोली

चोङछिङ पुग्यो माओवादीको जम्बो टोली

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको २० सदस्यीय टोली चीनको चोङकिङ सहर पुगेको छ । अस्ति बेलुकी काठमाडौंबाट उडेको टोलीको नेतृत्व पार्टी सचिव दिनानाथ शर्माले गरेका छन् । 

प्रतिनिधिमण्डलमा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने,रामदीप आचार्य, अन्तर्राष्ट्रिय विभाग,स्कूल विभाग, मजदुर तथा बुद्धिजीवी सङ्गठन,अखिल क्रान्तिकारीलगायत विभागका प्रतिनिधि छन् । अन्य सदस्यमा दिपक केसी, ओमप्रकाश पुन,रामकृष्ण अधिकारी, उमाकान्त भुर्तेल छन् । 

त्यसैगरी चीन गएको टोलीमा कोमलमाया लामा,नमोनारायण माझी, सन्तोष पनेरु,दुर्गाबहादुर थारु,आशा उपरकोटी,अनिकेत तिवारी,खेमराज नेपाली,एविन्द्र पराजुली,कुन्दनकुमार महतो,संगीता भट्टराई रेग्मी,कृष्णराज केसी र जटिल कार्की पनि छन् ।
 

टिप्पणीहरू