रविको साइबर कमाण्डरविरुद्ध सर्वोच्चमा मुद्दा

रविको साइबर कमाण्डरविरुद्ध सर्वोच्चमा मुद्दा

रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ।

काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबी पढ्दै गरेका प्राञ्ज्वल केसीले सामाजिक सञ्जालमा अदालत र न्यायाधीशको मानमर्दन हुने अभिव्यक्ति दिएको आरोपमा मुद्दा हालेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएपछि सङ्ग्रौलाले फेसबुकमा "न्यायाधीश झोले कार्यकर्ता हुन्" भन्ने अभिव्यक्ति दिएकी थिइन् । केसीले यसलाई अदालतको अपमान र कानुनको विद्यार्थीको मर्यादामाथि आघात भएको दाबी गरेका छन् । ज्वालाले घन्टी समर्थकमार्फत् न्यायाधीश र अदालतकाे फैसलाबारे अनेकन नकारात्मक प्रचारबाजीकाे नेतृत्व गरिरहेकी छन् ।

रवि लामिछानेकाे काेर टिमकाे साइबर सेनाकाे नेतृत्व गर्छिन् उनी ।

टिप्पणीहरू