पूर्वनिर्धारित आन्दोलन छोडेर माननीय विदेश घुमघामतिर
संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि राजावादीहरु निरन्तर आन्दोलन गरिरहेका छन् । गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद तथा महामन्त्री धवलसमशेर राणा पक्राउ परेपछि राजावादीहरुले चैत २६ गते बल्खुमा खबरदारी सभा गरे । हाल राप्रपा काठमाडौं केन्द्रित आन्दोलनको तयारी छ ।
राप्रपाको आन्दोलन चर्किँदै गर्दा एक जना माननीय घुमफिरका लागि बेलायत पुगेकी छन् । समानुपातिक सांसद अनिशा नेपाली प्रतिनिधि सभाको हिँउदे अधिवेशन अन्त्य हुनुभन्दा तीन दिनअगाडि बेलायत प्रस्थान गरेकी हुन् । सल्यानकी अविवाहित नेतृ उनी पूर्वनिर्धारित आन्दोलन छोडेर बेलायत उडेपछि राप्रपाका अन्य सांसद रुष्ट बनेका छन् ।
‘केटाकेटीलाई सांसद बनाउँदा दुःख पाएको’ गुनासो उनीहरुको छ । राप्रपाका एक नेताले जनआस्थासँग भने,‘दुई नेता प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँहरुलाई छुटाउनका लागि सरकारलाई दबाब दिन हामी प्रदर्शन गरिरहेका छौं । माननीयचाँहि पूर्वनिर्धारित आन्दोलन छोडेर घुमघामका लागि विदेश लाग्नुभयो । केटाकेटीलाई सांसद बनाउनु पनि बेकार नै रहेछ । केही बुझेकै हुँदैनन् ।’
‘दुई नेता प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँहरुलाई छुटाउनका लागि सरकारलाई दबाब दिन हामी प्रदर्शन गरिरहेका छौं । माननीयचाँहि पूर्वनिर्धारित आन्दोलन छोडेर घुमघामका लागि विदेश लाग्नुभयो । केटाकेटीलाई सांसद बनाउनु पनि बेकार नै रहेछ । केही बुझेकै हुँदैनन् ।’
पार्टीले योगदान नभई व्यापारीहरुको सिफारिसमा पद भिराइदिँदा त्यस्ता रमिता देख्न पाइने ती नेताको प्रतिक्रिया छ । अगाडि थपे,‘पार्टीले योगदान गरेका पाका नेताहरुलाई बिर्सिएर व्यापारीको सिफारिसमा पद दिँदा यस्तो रमिता देख्न पाइने रहेछ ।’
यता, सल्यानका एक राप्रपा नेताले उनी सांसद पद सकिएको भोलिपल्टै युरोप लाग्ने दाबी गरें । विदेशमा ‘सेटल’ हुने भएकाले उनलाई पार्टी र आन्दोलनको विषयमा कुनै चासो नभएको ती नेता बताउँछन् । ‘सांसद पद सकिएको भोलिपल्टै उहाँ युरोप सर्नुहुन्छ । उहाँलाई पार्टीको, आन्दोलनको के मतलब, के चासो ?’,उनले भने ।
उनी कार्यक्रममा सहभागी हुन बेलायत गएको राप्रपा सांसद रोशन कार्कीको ठोकुवा छ । पार्टीलाई जानकारी गराएरै सांसद नेपाली विदेश गएको उनको भनाइ छ । एकाध सांसद विदेश जाँदैमा आन्दोलनलाई कुनै प्रभाव नपर्ने उनी बताउँछिन् ।
पार्टीले सांसदहरुलाई काठमाडौं उपत्यकाबाहिर जान कडाइ गरेको उल्लेख गर्दै उनले भनिन्,‘उहाँ कार्यक्रममा सहभागी हुन बेलायत जानुभएको हो । उहाँ जानुभएको पार्टीलाई जानकारी छ । हाम्रो पार्टीको दुई नेता प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँहरुमाथि मुद्दा चलाइएको छ । अस्ति सरकारलाई खबरदारी गरेका छौं । अब काठमाडौं केन्द्रित आन्दोलन गर्दैछौं । सरकार वार्तामा आयो भने ठीकै छ, नत्र आन्दोलन चर्किन्छ ।’
टिप्पणीहरू