‘संविधान संशोधन सबैको सहमतिमा’

‘संविधान संशोधन सबैको सहमतिमा’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । भैरहवाका सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले आवश्यक पूर्वाधारको अभावका कारण एयरलाइन्सहरुले घाटाको उडान नगरेको दाबी गर्नुभयो । 

श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, भीसा सेन्टरलगायत आवश्यक पूर्वाधार थप्नुपर्यो, सरकारी एयरलाइन्सले यहाँबाटै उडान गर्नुपर्यो, गुरुङले भन्नुभयो, ‘सबैभन्दा महत्वपूर्ण भूमिका तालुकवाला मन्त्रालयको हुन्छ ।’ दुई चार दिन उडाउने फेरि बन्द गर्ने, केटाकेटी खेल भएको उहाँको ठहर छ । यसअघि त्यहाँबाट केहि समय अन्तर्राष्ट्रिय उडान भएको थियो । 

२०६५ सालमा आफू पर्यटनमन्त्री हुँदा भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कार्ययोजना बनाएपछि भैरहवामा एसियाली विकास बैंक र पोखरामा चीन सरकारको सहयोगमा बनाइएको जानकारी पनि उहाँले दिनुभयो । ‘अब यी विमानस्थललाई पूर्वाधारयुक्त बनाएर चलाउने जिम्मा विभागीय मन्त्रालयको हो । सरकारले त्यसमा आवश्यक सहयोग गर्छ,’ सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्रीले बताउनुभयो । 

अर्को प्रसंगमा दुई ठूला दलले सात बुँदे सहमतिका आधारमा सरकार बनाएको र त्यसमा संविधान संशोधन विपक्षीलगायत सबैको सहमतिमा गरिने उहाँको भनाइ छ । काँग्रेस र एमालेले कार्यदल बनाएर संशोधन गर्नुपर्ने विषयहरुको अध्ययन सरकारले गरिरहेको र त्यसलाई अन्तिम रुप दिन, सबैको साझा सहमतिका आधारमा संशोधनको काम हुने विश्वास दिलाउनुभएको छ ।

टिप्पणीहरू