"वैवाहिक बलात्कार"मा पत्नीद्वारा थुनाइएका न्यायाधीश दोषमुक्त

उच्च अदालत,पाटन (ललितपुर)ले कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको छ । कामु मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गत भदौमा न्यायाधीश भुवनले दायर गरेको पुनरावेदनको सुनुवाइपश्चात् हिजो सफाइ दिएपश्चात उनलाई काममा फर्कन बाटो खुलेको छ । तर,सामाजिक रुपमा लागेको गम्भीर आरोपको दाग भने गिरीमाथि सँधै रहने छ ।
यसअघि उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । तर इजलासमै आरतीले बिष खाने धम्की दिएपछि सर्वोच्च अदालतले २०८० चैत २१ गते थुनामा पठाइदियो भने सोही आदेश तामेल गर्ने क्रममा जिल्ला अदालत काठमाडौंले सात वर्ष कैद र तीन लाख जरिवाना सुनायो । जिल्लाको सोही आदेशविरुद्ध गिरी उच्चमा पुगेकोमा उच्चले हिजो सफाइ दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र हरि फुयाँलको इजलासले कान्छी श्रीमती आरतीको आंशुका सामु पग्लिएर न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश दिएको थियो । इजलाशमा विष लिएर जाने,माइतीघर मण्डलाको पोलबाट हाम्फालेर मर्छु भन्ने आरती र भुवन दुबैको दोस्रो विवाह हो ।
"कोही पारिवारिक कारण देखाउँदै मर्छ भने त्यसमा न्यायाधीशको दोष हुन्छ र ? बिर्सनै नहुने तथ्य के पनि हो भने पहिला पैसा र पावरका भरमा न्याय बिक्थ्यो,अचेल भीडका सामुसमेत न्यायाधीशको कलम लक्पकाउन थालेको आम जनताको अनुभूति छ ।"
दोस्री श्रीमती आरती रावल सर्वोच्च अदालतसामु यसअघि अनसनसमेत बसेकी थिइन् भने सम्बन्ध विच्छेदपछि पनि गिरीले आफूलाई सहमतिविना शारीरिक सम्बन्ध राखेको भन्दै अदालत गएकी हुन् ।
जेल हाल्ने आदेश उच्चले उल्टाइदिएपछि वैवाहिक बलात्कारको अव्यवहारिक आरोपमा टेकेर धेरैको घरबार,सम्पत्ति र इज्जत बर्बाद हुने अवस्थामाथि सबैले एक पटक ठण्डा दिमागले सोच्नुपर्ने अवस्था उत्पन्न भएको छ । मन नपर्नेबित्तिक्कै छुसुक्क दायर गरिने यी र यस्ता मुद्दाको कारण स्वयम् न्यायाधीश पनि जेल जानुपर्ने घटनालाई सामान्य ढंगले लिन नहुने कतिपयको धारणा छ । यसअघि माइतीघरमा भएको न्यायालय र न्यायाधीश विरोधी प्रदर्शनप्रति उच्च अदालत पाटनका एक जना श्रीमानले सार्वजनिक रुपमै असहमति जनाएका थिए । उनको भनाई थियो, ‘हाम्राविरुद्ध मनपरी लेख्ने ? फोटो उल्टो पारेर मण्डलामा प्रदर्शन गर्ने ? चोर न्यायाधीश भन्ने ?’
आरतीले लगाएको उक्त आरोप नक्कली रहेको न्याय क्षेत्रको ठहर छ । कोही पारिवारिक कारण देखाउँदै मर्छ भने त्यसमा न्यायाधीशको दोष हुन्छ र ?
बिर्सनै नहुने तथ्य के पनि हो भने पहिला पैसा र पावरका भरमा न्याय बिक्थ्यो अचेल भीडका सामुसमेत न्यायाधीशको कलम लक्पकाउन थालेको आम जनताको अनुभूति छ ।
टिप्पणीहरू