यताबाट एक जना अमेरिकीलाई ‘डिपोर्ट’को तयारी

यताबाट एक जना अमेरिकीलाई ‘डिपोर्ट’को तयारी

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको सरकारको निर्णयविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १४ गते माइतीघरमा प्रदर्शन गर्यो । राप्रपा  ‘सुन्दरी’ भनेर चिनिएकी खुश्बु ओलीसमेत सहभागी प्रदर्शनमा एक विदेशी नागरिक पनि देखिएका थिए । उनको हातमा कुलमानको समर्थनमा लेखिएको प्लेकार्ड थियो, तर उनी भने अंग्रेजी लवजमा ‘राजा आउ, देश बचाउ’ भन्दै चिच्याइरहेका थिए । उक्त भिडियो समाजिक सञ्जालमासमेत भाइरल भएको थियो । 

ती विदेशी अमेरिकी नागरिक जुलियन किर्पल हुन् । उनलाई सोही कारण दुई वर्ष नेपाल प्रवेश गर्न नमिल्नेगरी देश निकाला (डिपोर्ट) गर्न लागिएको छ । प्रदर्शनकै क्रममा पक्राउ परेका ५८ वर्षीय जुलियनलाई अध्यागमन विभागले डिर्पोट प्रक्रिया अघि बढाएको बताइन्छ । 

त्यसका लागि गृह र पराष्ट्र मन्त्रालयले स्वीकृति दिइसकेकाले बढीमा एक हप्ताभित्र अमेरिकी नागरिक फिर्ता भइसक्ने विभागीय स्रोतले जनाएको छ । अमेरिकाले गत तीन महिनामा पाँच दर्जन बढी नेपालीलाई अमेरिकाबाट निकाला गरिसकेको छ । उसले अवैध विदेशीलाई निष्कासन गरेको जनाएको छ भने नेपालले आन्तरिक मामिलामा दखल पुर्याउने उद्देश्यले सक्रिय अमेरिकीलाई त्यस्तै कारबाही गर्न लागेको हो ।

टिप्पणीहरू