सुनिता कमरेड अफ्रिकापछि मलेसियातिर

सुनिता कमरेड अफ्रिकापछि मलेसियातिर

एमाले नेतृ तथा प्रतिनिधिसभामा सचेतक सुनिता बराल विदेशबाट नयाँ बर्ष मनाउन स्वदेश फर्केकी छन् ।  गएराति पौने १० बजे मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११४ मा क्वालालम्पुरबाट फर्केकी हुन् । 

यसअघि माघ १८ गते संसदको हिउँदे अधिवेशन प्रारम्भ भएकै दिन बैठकमा उनी एकाएक अनुपस्थित भएकी थिइन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,काँग्रेस सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेको उक्त बैठकमा बरालको उपस्थिति नदेखिएपछि नेताहरुले सोधखोज गरेका थिए । 

अघिल्लो दिनदेखि मोबाइल ‘स्वीच अफ’ गरेकी उनी बैठकमा अनुपस्थित भएपछि सांसद तथा पार्टी नेताहरुले अनेक आशंका गरे । अध्यादेशलगायत अनेक मुद्दाको कारण सारा विपक्षी एकजुट भएर प्रतिकारमा उत्रने तयारी भइरहेको बेला आफ्ना सबै सांसद्को अनिवार्य उपस्थितिका निम्ति उर्दी लगाउनुपर्ने सचेतक नै बेखबर भएपछि त्यस्तो चिन्ता जनाइएको यिथो । कतिपय एमाले सांसदले आफूले मात्रै अनुशासन अनुशासन भनेर किन मरिहत्ये गरिरहनु भन्ने गुनासो गरेका थिए । 

झापाकी जोशिली ती नेत्रीलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार चार वटा पद अखिल अध्यक्ष,पार्टी केन्द्रीय सदस्य,समानुपातिक सांसद र सचेतकको महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ ।

माघ १८ गते हल्लीखल्ली भएपछि सुनिता पार्टीका कसैलाई थाहा पत्तै नदिई माघ १७ गते बेलुकी नै कतार एअरवेजको उडानमा दोहा हुँदै अफ्रिकी मुलुक मालावी पुगेको कुरो प्रधानमन्त्रीले माघ १९ गते पत्ता लगाउनुभएको थियो । झण्डै तीन सातापछि फागुन ५ गते बराल संसदीय समितिको बैठकमा उपस्थित भएकी थिइन् ।

टिप्पणीहरू