भारतीय नेतालाई नेताका घर घर पुर्याउने को हुन् यी पात्र ?

भारतीय नेतालाई नेताका घर घर पुर्याउने को हुन् यी पात्र ?

भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेलाई नेताकाे घरदैलोमा पुर्याइरहने पात्र हुन्,सन्दिप राना । यी भारतीय गृहमन्त्री अमित शाहकाे सचिवालयमा काम गर्थे दुई वर्षअघिसम्म,मानिसहरू उनलाई नेपाली कांग्रेसभित्र 'भाजपा' विभाग प्रमुख भन्छन्,६ महिना दिल्ली र ६ महिना नेपाल बस्ने उनी झण्डै समानुपातिक सांसद पनि बने ।

अहिले नेपाली कांग्रेसकाे राजनीतिमा सक्रिय छन् । भारतीय जनता पार्टीका नेताहरूलाई स्वागत गर्न सबैभन्दा पहिला विमानस्थल बाहिर उनै पुगेका हुन्छन् । शेखर समूहका नेताहरूले सन्दिपलाई भाजपाका नेपाल संवाददाता भनेर चिन्छन्,अर्काे कुरा कांग्रेसभित्रका हिन्दुवादी नेताहरू भारत पुग्दा त्याे ठेक्का उनी नै लिन्छन् ।

अब रह्याे अहिलेकाे कुरा,

नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा.विजय चौथाईंवालेलाई सन्दिपले पशुपतिनाथदेखि बूढानिलकण्ठसम्म पुर्याइसके । सन्दिपले कांग्रेस नेतालाई भनेका छन्, 'पशुपतिनाथको दर्शन एवं आशिर्वाद प्राप्त भयो । चौथाईवालेको यस भ्रमणले नेपाल-भारतको सांस्कृतिक,सामाजिक र आर्थिक विकास सम्बन्धमा इट्टा थपियोस् । भगवान श्री पशुपतिनाथले सबैको कल्याण गरून् !'
 

टिप्पणीहरू