बागमतीमा नयाँ मुख्यमन्त्री र मन्त्रीहरुको शपथ
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री र मन्त्रीहरूलाई अपराह्न शपथ खुवाएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले मुख्यमन्त्री नियुक्त भएलगत्तै आठ मन्त्री नियुक्त गरेका थिए ।
मन्त्री हुनेहरू एमालेका छ र कांग्रेसका दुई जना छन् । एमालेबाट दिनेशचन्द्र देवकोटा भौतिक तथा पूर्वाधार, जयराम थापा श्रम तथा रोजगार, भरतबहादुर केसी वन तथा वातावरण, मधुसुदन पौडेल कृषि, विन्दु श्रेष्ठ उद्योग र किरण थापा मगर स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।
कांग्रेसबाट मन्त्री बनेका कृष्णबहादुर तामाङलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । शिवराज अधिकारीको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ ।
टिप्पणीहरू