स्विमिङ्ग पुलको पानीले राती थेगिएको अख्तियार

स्विमिङ्ग पुलको पानीले राती थेगिएको अख्तियार

जेन जी ध्वंशका क्रममा भदौ २४ गते नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झोसिएको आगो आयोगका पदाधिकारीहरु,कर्मचारी र सुरक्षाकर्मीको पहलमा फैलन पाएन । सिंहदरबार,संसद भवन,सर्वोच्च अदालत,राष्ट्रपति भवनलगायत सयौं सरकारी,निजी र व्यावसायिक भवनमा लगाइएको आगो निभाउन काठमाडौं महानगरपालिकाले कुनै पहल गरेन । प्रहरी र सशस्त्रको काबुभन्दा बाहिर गएको उक्त विध्वंश रोक्न नेपाली सेनाले समेत पहल नगरेको सर्वसाधारणको बुझाइ छ ।

‘बालेनका अनियमितताको छानबिन थालेको रिस पोख्न होला,अख्तियारका उच्च अधिकारीको हारगुहारलाई पनि टेरपुच्छर लाएनन् । राति ९ बजे बल्ल ललितपुरबाट एउटा दमकल ल्याएर निभाउन थालियो ।’ तर दमकलको पानी सकिएर अर्को आपत आइलाग्यो ।

‘२४ गते दिउँसो अख्तियारमा आगो झोसे । निभाउन काठमाण्डौ महानगरको दमकल बोलाउँदा पठाइएन । रात पर्दै गएपछि  आगो निभाउन हामी आफैले पहल गर्यौं,दमकलका लागि ललितपुर महानगरलाई गुहार्यौँ"- अख्तियारका एक जना अधिकृतले बताए, ‘बालेनका अनियमितताको छानबिन थालेको रिस पोख्न होला,अख्तियारका उच्च अधिकारीको हारगुहारलाई पनि टेरपुच्छर लाएनन् । राति ९ बजे बल्ल ललितपुरबाट एउटा दमकल ल्याएर निभाउन थालियो ।’ तर दमकलको पानी सकिएर अर्को आपत आइलाग्यो । 

कर्मचारी,सुरक्षाकर्मी र केही अधिकारीले नजिकै पौडी पोखरीको पानी तानेर आगो निभाउने जुक्ति निकाले । पौडी पोखरीको पानीका कारण आयोग भवन अन्य सरकारी भवनको तुलनामा कम जलेको उनीहरुको निश्कर्ष छ । 

आगलागीमा दमकल मगाउँदा काठमाडौंमा भक्तपुर,ललितपुर,प्रहरी र सशस्त्रका अग्नी नियन्त्रक सवारी साधनलाई समेत अवरोध पुर्याइएको थियो ।

टिप्पणीहरू