हनुमानढोका कब्जा गर्न गृहलाई पत्र लेखे बालेनले

हनुमानढोका कब्जा गर्न गृहलाई पत्र लेखे बालेनले

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले हनुमानढोकास्थित नेपाल प्रहरीको भवन भत्काउन गृह मन्त्रालयसँग सहयोग मागेका छन्।

आज मन्त्रालयलाई पत्रचार गर्दै उनले आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरेको बुझिएको छ । यसअघि दीपक थापा आइजी भएका बेला बालेन्द्रले आफ्नै कार्यकक्षमा बोलाएर यसबारे छलफल गरेका थिए । तर, नेपाल प्रहरीको इतिहास र भावना जोडिएको उक्त भवन महानगरलाई दिन प्रहारी नेतृत्व तयार भएन । 

अहिले आफ्नै पूर्वसल्लाहकार गृहमन्त्री भएका बेला उनले सिधै एक तह माथि गृहलाई पत्र लेखेका हुन् । तर, गृहमन्त्रीको निर्देशन आए पनि नेपाल प्रहरी कुनै हालतमा भवन भत्काउन दिने पक्षमा छैन । 

अहिले आफ्नै पूर्वसल्लाहकार गृहमन्त्री भएका बेला उनले सिधै एक तह माथि गृहलाई पत्र लेखेका हुन् । तर, गृहमन्त्रीको निर्देशन आए पनि नेपाल प्रहरी कुनै हालतमा भवन भत्काउन दिने पक्षमा छैन ।

नेपाल प्रहरीको स्वामित्वमा रहेको यो भवन उसको इतिहास,भावना र संस्कृतिसँग जोडिएको ठाउँ हो । यस्तो ऐतिहासिक भवन भत्काएर महानगरअन्तर्गत ल्याउने र त्यहाँ पोखरी बनाउने बालेन्द्रको योजना छ । 

यसलाई नेपाल प्रहरीको इतिहास मेट्ने उद्धेश्यअनुरुप गरिएको प्रयत्न भन्दै प्रहरीको हेडक्वार्टर सम्वद्ध स्रोतले भन्यो, 'प्रहरी संगठनभन्दा महानगर ठूलो हैन । मेयरको काम सहजीकरण गर्ने हो, कसैको इतिहास र भावनामाथि खेलबाड गर्न पाउँदैनन् ।'

टिप्पणीहरू