बञ्चरे डाँडाको छलफलमा बालेनको खोजी
सामाजिक सञ्जालमा काठमाडौं महानगरलाई विश्वस्तरीय शहर बनाउने प्रण गरेका महानगर प्रमुख बालेन्द्र साह पछिल्लो समय फोहोर व्यवस्थापनप्रति उदासिन देखिएका छन् । संघीय सरकार र महानगरले यसअघि दिएका आश्वासन पूरा नभएपछि नुवाकोट र धादिङको सीमानामा रहेको बञ्चरे डाँडा डम्पिङ साइट वरपरका बासिन्दा आन्दोलित छन् ।
यसअघि समस्या समाधानका लागि शहरी विकासमन्त्री कुलमान घिसिङले पहल थाले पनि महानगर प्रमुख बालेन लगभग मौन र बेपत्ता देखिन्छन् । राजधानीको फोहोर बिसर्जनमा उत्पन्न समस्या समाधानका लागि आज शहरी विकास मन्त्रालयमा सर्वपक्षीय छलफल भएको थियो । त्यसमा पनि मेयरको कुनै चासो नरहेको सहभागीहरुको आरोप छ । दिउँसो सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल,महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, बञ्चरे डाँडाका झण्डै एक दर्जन स्थानीय सहभागी थिए ।
टिप्पणीहरू