संसद विघटनविरुद्ध युवा र्‍याली

संसद विघटनविरुद्ध युवा र्‍याली

प्रतिनिधिसभा विघटनविरुद्ध लगातार आन्दोलन गरिरहेको नेकपा (बहुमत)ले फागुन १४ गते काठमाडौँमा युवा र्याली गर्ने भएको छ ।

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीको कदमलाई प्रतिगामी भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको नेकपा अहिले चौंथो चरणको आन्दोलनमा छ । भृकुटीमण्डपमा हुने उक्त र्यालीमा हजारौंको संख्यामा युवा उताररे शक्ति प्रदर्शन गर्ने नेकपाको तयारी छ ।

सर्वोच्चको फैसला प्रभावित बनाउने गरि १३ गते ओली पक्षले मण्डलामा आफ्ना ‘साइवर सेना’ उतार्न लागेको चर्चा चलिरहेका बेला त्यसको ‘काउन्टर’मा बहुमत पक्षले भोलिपल्टै र्याली गर्न लागेको हो । प्रतिनिधिसभा विघटनको मुद्धाको फैसला १३ गते हुने भनिएको छ ।

प्रधानमन्त्री ओलीले ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमलाई असंवैधानिक भन्दै नेपाली कांग्रेस, नागरिक समाज, बिभिन्न राजनैतिक दल लगायतले दैनिकजसो आन्दोलन गर्दै आईरहेका छन् ।

 

टिप्पणीहरू