१२ बजे रत्नपार्कमा विजयसभा

१२ बजे रत्नपार्कमा विजयसभा

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभाको असंवैधानिक विघटनलाई सर्वोच्च अदालतले ब्युँताएको खुशियालीमा नेकपा प्रचण्ड–माधव पक्षले आज दिउँसो १२ बजे रत्नपार्कमा विजय जुलुश र सभाको आयोजना गरेको छ ।

संसद पुनर्स्थापना र जनताको जीतमा आयोजित कार्यक्रममा सहभागी हुन नेकपाका सबै नेता तथा कार्यकर्ताले अनुरोध गरेका छन् ।

कार्यक्रमलाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।

टिप्पणीहरू