आज अन्तर्राष्ट्रिय नारी दिवस, नहुनु कोही पनि शीलाझैँ विवश

आज अन्तर्राष्ट्रिय नारी दिवस, नहुनु कोही पनि शीलाझैँ विवश

आज १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस । सर्वत्र औपचारिक कार्यक्रमको तामझाम छ । तर, जकडिएको महिलाका यावत् समस्या सँधै त्यहि तामझामले नै छोपिँदै आएको छ । त्यसलाई उधिन्ने प्रयास कहिँ कतैबाट कहिल्यै पनि भएको देखिँदैन । यदि भएको थियो भने २१ औं शताब्दीमा पनि विश्वका महिला यति धेरै उत्पीडित र शोषित किन भइरहेका छन् ? त्यसमा पनि नेपाललगायतका अविकसित मुलुक र समाजका महिलाको हालत झन् दयनीय देखिन्छ । भलै कागज र कानुनमा महिला अधिकार अन्य मुलुककाभन्दा हाम्रा महिलालाई बढी दिइएको छ ।

यसमा भारत पनि अछुतो छैन । आज अन्तर्राष्ट्रिय नारी दिवसको दिन भारतकी विख्यात राजनीतिज्ञ तथा नयाँ दिल्लीकी पूर्व मुख्यमन्त्री र उनको परिवारले भोगेको अकल्पनीय पीडालाई पाठकमाझ पस्कनु वाञ्छनीय देखेका छौं ।

बौद्धिक,राजनीतिक र सम्पन्न परिवारकी शीला र उनकी छोरी लतिकाको हालत अन्य सीमान्तकृत समुदायका महिलाको भन्दा कम नभएको रहस्य धेरैपछि खुल्नाले पनि दक्षिण एशियामा महिलाको पछिल्लो अवस्थालाई प्रष्ट पारेको छ । शीलाको डेढ वर्षअघि निधन भइसकेको छ ।

अन्तरजातीय विवाह गरेकी लतिकाका श्रीमान इमरान मोहम्मदका कारण सम्पन्न दीक्षित परिवारकी आमा छोरीको आर्थिक अवस्था दयनीय बनेको बताइन्छ । सन् १९९६ मा प्रेम विवाह गरेका उनीहरूको २० वर्षपछि सन् २०१६ मा पारपाचुके भयो । त्यसअघि मोहम्मदले लतिकाको सबै जायजेथा र सम्पत्ति हत्याइसकेका थिए । त्यतिले नपुगेर सासू शीलाको समेत धेरैजसो सम्पत्ति उनले नै लटपटाएका थिए । त्यहिबीचमा मोहम्मदले शीलाकी छोरीले नपुगेर उनकी बहिनी तथा लतिकाको सानिमाकी छोरीलाई समेत उडाइदिए ।

त्यसपछि भारतीय प्रहरीले फर्स्ट इन्फरमेसन्स रिपोर्ट (एफआईआर) को आधारमा मोहम्मदलाई पक्रेर कारबाही शुरु गर्यो । तर,आफ्नी छोरीलाई घरको न घाटको बनाएर बहिनीकी छोरी च्यापी मस्तीको जीवन बिताइरहेका पारपाचुके ज्वाईंले शीलालाई उनकै सम्पत्तिमा टेकेर धम्की दिन थाले । एकातिर सम्पत्ति स्वाहा अर्कोतिर छोरीको वैवाहिक जीवन ध्वस्त भएपछि दिल्लीको मुख्यमन्त्री बनिसकेकी दीक्षित भयङ्कर मानसिक पीडामा परिन् । छोरी पनि त्यस्तै पीडा सहन बाध्य भइन् । त्यसको असर अरु नातेदारमा समेत पर्न थाल्यो ।

अन्ततः रातदिनको मानसिक पीडा र चिन्ताले शीलाको मृत्यु भएको नजिकका नातेदारहरू बताउँछन् । आर्थिक,सामाजिक र राजनीतिक हिसाबले सम्पन्न परिवार एउटा खराब नातेदारसँगको सम्बन्धका कारण कसरी चौबाटोमा आइपुग्दो रहेछ भन्ने गतिलो शिक्षा शीलाको परिवारले पाएको दुःखले अरुलाई सिकाएको छ ।

टिप्पणीहरू