कम्युनिष्ट आन्दोलन पुन संकटको घडीमा

कम्युनिष्ट आन्दोलन पुन संकटको घडीमा

नेपाली कम्युनिष्ट आन्दोलनको टुट, फुट र एकता अनि एकता र पुन टुट, फुटको परम्परा कायम गर्दै अहिले नेपाली कम्युनिष्ट आन्दोलन पुन संकटको घडीमा पुगेको छ ।

हुनत नेपाली जनताको चाहना कम्युनिष्ट सरकार नै देखिन्छ टुटे फुटेका सबै कम्युनिष्टको मत एकै ठाउँमा गणना गर्ने हो भने नेपाली जनताको चाहना कम्युनिष्ट सरकार नै देखिन्छ तर नेपाली कम्युनिष्ट नेता भने अहम्ता र जडताबाट माथी उठन सकेको देखिदैन।

सामान्तवादी सत्ता त ढलेको छ तर नेताहरुबाट सामान्तवादी सोच अन्त्य भएको देखिदैन । पछिल्लो समय यो सबै मैले गर्दा भएको र विगारेको अरुले, बनाएको सबै मैले भन्ने अहम्ताले कम्युनिष्ट मत खेर गईरहेको सर्वसाधारणहरु बताउन थालेका छन् ।

ताप्लेजुङमा आज २०७७ फाल्गुण २५ गते विहान फुङलिङ नगरपालिका ४ मा ग्लोबल आइएमई बैंक रहेको घरको माथिल्लो तलामा नेकपा एमालेको पार्टी कार्यालय खडा गरिएको छ हुनत यस स्थानमा यस पहिले नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको कार्यालय थियो । यसका अध्यक्षमा २०७० का संविधान सभा सदस्य भूपेन्द्र थेवे मनोनित भएका थिए ।

ताप्लेजुङमा फुङलिङ नगरपालिका ५ मा रहेको पूर्व एमाले पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र अहिले नेकपा एमाले बनेको पार्टी कार्यालय पनि आजै स्थापना भएको वा बोर्ड राखिएको छ वडा नं. ५ मा रहेको पुरानो कार्यालयको स्थानमा अघिल्लो एमाले जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष बल बहादुर साम्सोहाङ र उपाध्यक्ष, सचिव लगायत रहेको एमाले समूह रहने भएको छ ।

उता माओवादी केन्द्र भने केहि फर्निचरहरु लिएर अर्को स्थानमा कार्यालय खडा गर्ने भएको छ । ताप्लेजुङको एमालेमा भएको रेखा २४ गते नारी दिवश मनाउने सवालमा समेत देखा परेको थियो । ताप्लेजुङमा अहिले एमालेको अन्तर विरोध चरम सिमामा पुगेको देखिएको छ ।

-कमल भट्टराई

 

टिप्पणीहरू