नेपाल पक्षको भेलामा को-को आउँदै ?

नेपाल पक्षको भेलामा को-को आउँदै ?

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको शनिबार बसेको स्थायी समिति र त्यसपछिको केन्द्रीय समिति बैठकले चैत ४ गतेको देशब्यापी भेलासंगै सातैवटा प्रदेशमा इञ्चार्ज तोकेको छ । जसअनुसार प्रदेश १ मा भीम आचार्य,प्रदेश २ मा घनश्याम भुसाल,बाग्मतीमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली तथा सुदूरपश्चिममा भीम रावललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, युवा इञ्चार्जमा रघुजी पन्त,विद्यार्थीमा गोकर्ण बिष्ट, बुद्धिजीवीमा प्रमेश हमाल र प्रचार विभाग प्रमुखमा योगेश भट्टराई तथा सम्पर्कको जिम्मेवारी बेदुराम भुसाललाई दिने निर्णय गरिएको छ । त्यसैगरी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला एवम् ६ गते महिला भेला गर्ने निर्णयसमेत सोही बैठकले गरेको छ ।

चैत ४ र ५ गते बोलइएको राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय,प्रदेश कमिटी, जिल्ला कमिटी,केन्द्रीय विभागका सदस्यहरू पनि सहभागी हुने बताइएको छ । त्यसैगरी,सम्पर्क समन्वय कमिटीका सबै,प्रदेश सम्पर्क कमिटीका सदस्य र जिल्लाका पदाधिकारीहरू (सम्पर्क मञ्च) तथा पार्टी नगर कमिटीका अध्यक्ष र सचिवलाई पनि भेलामा सहभागिताको लागि आमन्त्रण गरिएको छ ।

भेलामा जनवर्गीय संगठनका केन्द्रका सबै,प्रदेश र जिल्लाका पदाधिकारीहरू,संघीय र प्रदेश सभाका सांसदहरू,संविधान सभाका सदस्यहरू,जिल्ला समन्वयका प्रमुख तथा उपप्रमुखहरू र पालिका प्रमुख तथा उपप्रमुखहरूले पनि उक्त भेलामा सहभागिता जनाउने जनाइएको छ ।

टिप्पणीहरू