जिल्ला जिल्लामा जुट्यो माओवादी

जिल्ला जिल्लामा जुट्यो माओवादी

नेकपा माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटी बैठक पार्टी मुख्यालय, पेरिसडाँडामा शुरु भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति र जिल्ला अध्यक्ष हिमाल शर्माको अध्यक्षतामा बसेको बैठकमा झण्डै ९० जनाको उपस्थिति रहेको बताइन्छ ।

फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि नेकपा टुक्रिएर पूर्ववत् एमाले र माओवादी केन्द्र बनेपछि दुवै दल आफ्नो सांगठानिक गतिविधि अगाडि बढाउने कार्यमा सक्रिय भएका हुन् ।

टिप्पणीहरू