रेशमलाल चौधरीलाई छुटाउन धर्ना

रेशमलाल चौधरीलाई छुटाउन धर्ना

थारु कल्याणकारिणी सभा,थरुहट,थारुवान संयुक्त संघर्ष समिति,केन्द्रीय आन्दोलन परिचालन समिति काठमाडौँले जनता समाजवादी पार्टी ( ज.स.पा.) का नेता तथा टिकापुर घटना काण्डका मुख्य आरोपी रेशमलाल चौधरीको रिहाईलगायतका माग राखी बिहिबारदेखि माइतीघर मण्डलामा दबाबमुलक धर्ना कार्यक्रम शुरु गरेको छ ।

टिकापुर घटना राजनीतिक घटना भएको भन्दै राजनीतिक सहमतिबाट घटनाको समाधान गरियोस् भन्ने मागसहित धर्ना शुरु भएको हो ।

पूर्व सांसद तथा थरुहट-थारुवान संयुक्त संघर्ष समिति सह–संयोजक रुक्मिणी चौधरी, महामन्त्री प्रेमिला चौधरी लगायतको उपस्थितिमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रममा रेशम चौधरी ,लक्ष्मण थारु तथा नेता कार्यकर्ताहरुको रिहाई,थरुहट आन्दोलनमा मारिएका वीरहरुलाई शहीद घोषणा,लोकसेवामा आरक्षण कोटालगायतका माग राखिएको छ ।

टिप्पणीहरू