इजरायलमा नेपाली लोकगीत सार्वजनिक

इजरायलमा नेपाली लोकगीत सार्वजनिक

धार्मिक तथा पर्यटकीयस्थल प्रवर्द्धन गर्ने उदेश्यले तेह्रथुम फेदाप–२ ओयाक्जुङ घर भई हाल इजरायलमा कार्यरत गीतकार तथा समाजसेवी देव बाँस्कोटाको छैठौं प्रस्तुती ‘मझौ देवीथान’ सार्वजनिक गरिएको छ ।

परदेशी भूमिमा रहेर पनि सामाजिक क्षेत्रमा सक्रिय बाँस्कोटाले आफ्नो गाउँको धार्मिक तथा पर्यटकीय स्थललाई चिनाउने उद्देश्यले उक्त गीत सार्वजनिक गरेको बताएका छन् ।

गीतमा चर्चित गायक अमृत खाती र गायिका लक्ष्मी गड्तौला (बाँस्कोटा) को स्वर रहेको छ भने देव बास्कोटा तथा अमृत खातीको संगीत रहेको छ ।
यसअघि बाँस्कोटाका तेह्रथुम सिंहबाहिनी, कस्तो रहिछ जुनी, काँडेतारको जाली, पिपल छेउमा वर, पोहोरको चोलीलगायतका गीत सार्वजनिक भइसकेका छन् ।

पूर्वी लोकभाकामा गाइएको उक्त गीतमा तेह्रथुमस्थित आस्थाकी देवी मझौ देवीथानको महिमा गाइएको छ ।

-रामप्रसाद ढुंगेल युएइ

टिप्पणीहरू