एमाले बैठकका एजेन्डा फेरिए
अध्यक्ष र महासचिवबाहेक पार्टीका निर्वाचित सारा पदाधिकारीलाई हटाएर महाधिवेशन आयोजक समितिमा फेरिएको एमाले बैठकका कार्यसूचिहरु फेरिएका छन्
प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले अब भने माओवादीबाट सामेल भएका बादलहरुलाई समेत समेटेर स्थायी समिति गठन गर्न लाग्नुभएको छ ।
साँसद पदसमेत जाने गरी ७ गते तीन दिने स्पस्टिकरण सोधिएका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित उपमहासचिव घनश्याम भुसाल,सचिव योगेश भट्टराईलगायत संघ र प्रदेशतर्फका ३२ साँसदमध्ये केहीलाई जवाफ चित्तबुझ्दो नभए भन्दै अनुशासनको कार्वाही गर्ने एजेण्डा पनि राखिएको छ ।
राजनैतिक र साँगठानिक प्रतिवेदनमाथि सुझाव संकलन र त्यसलाई अन्तिम रुप दिने अर्को योजना छ । केन्द्रीय सदस्यहरुको कार्यबिभाजन र समसामयिक बिषयमा प्रस्ताव पास गर्ने योजनासमेत बनाइएको बताइन्छ ।
टिप्पणीहरू