जग्गाको निहुँमा छिमेकी बृद्धको ज्यान गयो
धनुषामा जग्गाको निहुँमा झगडा हुँदा एक बृध्दको ज्यान गएको छ ।
झगडा बढ्दै जाँदा छिमेकीको कुटपिटबाट जनकनन्दनी गाउँपालिका-६ कठाल टोलका ७८ वर्षीय हरिप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कठाल टोलकै ६५ बर्षीय बिनोद रान यादवसहित चार जनाले शुक्रबार दिउँसो हरिप्रसादमाथि कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न हाल फरार रहेका बिनोद लगायत चारै जनाको खोजी भैरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू