३ थान बेवारिसे बन्दुक बरामद

३ थान बेवारिसे बन्दुक बरामद

बागलुङमा लुकाई राखेको भरुवा बन्दुक प्रहरीले जफत गरेको छ ।

जिल्लाको बरेङ गाउँपालिका–१, सल्लेरी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको तीन थान एकनाले भरुवा बन्दुक प्रहरीले आइतबार साँझ बरामद गरेको हो ।

वनमा हातहतियार लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट खटिएको प्रहरीले सल्लाको रुखमुनि घाँसपातले लुकाई राखेको अवस्थामा उक्त बन्दुक बरामद गरेको हो ।

टिप्पणीहरू