कैलालीको भुरा नदीमा लडेर बूढा र बागलुङमा भीरबाट लडेर बृद्ध ठहरै
कैलालीमा माछा मार्न जाँदा लडेर एक जनाको ज्यान गएको छ । कैलारी गाउँपालिका–६ का ६० वर्षीय डम्बरप्रसाद चौधरीको माछा मार्ने क्रममा भुरा नदीमा लडेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथीहरूसँग माछा मार्न जाने क्रममा लडेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै निषर्ग अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यता,बागलुङमा पनि भीरबाट लडेर एकजनाको ज्यान गुमेको छ । बडिगाड गाउँपालिका–३ सिसाखानीका ७५ वर्षीय धनबहादुर भुजेलको भीरबाट लडेर आइतबार साँझ मृत्यु भएको हो ।
घर नजिकैको गोरेटो बाटोस्थित भीरबाट करिब दुई सय ५० मीटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू