आगो निभाउन जाँदा जलेर भष्म

आगो निभाउन जाँदा जलेर भष्म

सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ अमिलेस्थित छहराखोला सामुदायिक वनमा आइतबार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने ७८ वर्षीय लीलाधर आचार्यको आगोले जलेर मृत्यु भएको हो ।

स्थानीयवासीसँगै आगो निभाउने क्रममा उनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, प्युठानमा आगलागी हुँदा ६ वटा घर र ७ वटा गोठ जलेर नष्ट भएको छ । ऐरावती गाउँपालिका–१ बेलबोटस्थित बस्तीमा आइतबार दिउँसो आगलागी हुँदा श्याम आलेलगायतको ६ वटा घर र ७ वटा गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

प्रहरीले आगलागीबाट के-कति क्षति भयो भन्ने नखुलेको बताएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

टिप्पणीहरू