कटारीमा कडा निषेधाज्ञा
उदयपुरको कटारी नगरपालिकाभित्र कोभिड १९ को नयाँ भेरियन्टबाट संक्रमितको संख्या बृद्धि हुँदै गएपछि कडा निषेधाज्ञा लागू गर्ने निर्णय नगर सरकारले गरेको छ ।
नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज बसेको बैठकले जेठ ७ गतेसम्म सम्पूर्ण व्यापार, व्यवसाय,बैंक तथा वित्तीय संस्थाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरी कटारी,ताराघारीलगायत प्रत्येक वडामा आइसोलेशन सेन्टर स्थापना गर्ने निर्णयसमेत गरिएको छ । बैठकले निजी,सार्वजिक सबै खालका सवारी साधन र विकास निर्माणका कार्यहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।
तर उक्त अवधिमा एम्बुलेन्स, बिरामी बोकेको जुनसुकै खालका सवारी साधन र शववाहनलाई भने आवतजावत गर्न दिइने छ ।
टिप्पणीहरू