मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

म्याग्दी र इलाममा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित राहुघाट खोलाको किनारमा परिचय नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, इलामको माईजोगमाई गाउँपालिका–२, घरेगाउँ बस्ने ४९ वर्षीय हर्क थामी स्थानीय खोल्मे खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

आइतबार साँझ खाना खाई हिँडेका उनको उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।

टिप्पणीहरू