दुलही खोजिदिएको जश किन नदिएको त दक्षिणलाई ?
– सूर्य ढुंगेल निकट स्रोत
अहिले भइरहेको राजनीतिक खिचातानी,प्रधानमन्त्रीको असंवैधानिक कदम र शीतल निवासका पछिल्ला निर्णयलाई नजिकबाट नियालेका शीतल निवासकै एक जना पूर्व अधिकारी भन्छन् ‘जसले जे भने पनि र जसो गरे पनि यो खेलको मुख्य तत्व भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको जसरी पनि निर्वाचनमा जाने हठ हो । उहाँले त्यो बाटो खोज्नुभएको छ ।’
प्रधानमन्त्री संवैधानिक व्यवस्थाको अपब्याखा र प्रयोग गर्दै अघि बढ्नुभएको छ । शीतल निवासले अहिले उहाँको त्यो काममा भरपूर सहयोग पुर्याउँदै आएको भन्दै कानूनी सल्लाहकार डा.सूर्य ढुङ्गेलनिकट ती अधिकारी थप्छन् ‘यी सबैको मूलतत्व दक्षिणको छिमेकी मुलुक हो । उनीहरुले अहिलेको संविधानलाई ध्वस्त पार्न खोजेको स्पष्ट हुँदै गएको छ । त्यो कामको लागि ओलीजी गोटी बन्नुभएको छ ।’
‘दुलही खोज्ने कामजति सबै मेरो रोहबरमा भयो,सिन्दुर लगाउने बेलामा मलाई जानकारी दिइएन ।’ भारतको तुष त्यहि हो ।
राष्ट्रपति डा।रामवरण यादवको समयमा कार्यरत रहँदा संविधानसभादेखि देखेको तानातान र गञ्जागोलले नयाँ बन्ने संविधानको आयु धेरै लामो समय नरहने ठोकुवा त्यतिबेलै गरेको पनि उनले बताएका छन् । बढीमा पाँचदेखि छ वर्ष टिक्ला भन्ने लागेको त्यो बेलाको अनुभव सुनाउँदै उनी भन्छन् ‘त्यो बेलाको पिक्चर नजिकबाट देख्ने मलगायतले २०७२ सालको संविधान पाँच वर्ष टिक्नु नै ठूलो कुरो हो ।’
मुलुकमा भएका राजनीतिक खेलकुद हाम्रो आन्तरिक लडाईंभन्दा पनि भारतको त्यो बेलाको तुषको परिणाम रहेको उनको दाबी छ । व्यवहारिक भाषा उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई यसरी परिभाषित गरे ‘दुलही खोज्ने कामजति सबै मेरो रोहबरमा भयो,सिन्दुर लगाउने बेलामा मलाई जानकारी दिइएन ।’ भारतको तुष त्यहि हो ।
टिप्पणीहरू