जङ्गलको दुर्लभ सालक गाउँमा

जङ्गलको दुर्लभ सालक गाउँमा

उदयपुर त्रियुगा नगरपालिका वडा–९ गैरुन नजिकैको जंगल क्षेत्रमा एउटा दुर्लभ र संरक्षित जनावर सालक भेटिएको छ ।

जङ्गलबाट गाउँतर्फ छिरेको सो सालक स्थानीय गाउँलेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सो जङ्गली सालकलाई समातेर सुरक्षित रुपमा डिभिजन बन कार्यालय गाईघाटलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सो सालकलाई सुरक्षित बासस्थानमा स्थानान्तरण गरिने सहायक वन अधिकृत जागेश्वर यादवले बताउनु भएको छ ।

टिप्पणीहरू