तीन तलाबाट भुईंमा पछारिएर मृत्यु

तीन तलाबाट भुईंमा पछारिएर मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीस्थित रमाइलो चोकमा एक महिलाको भर्याङबाट लडेर मृत्यु भएको छ । स्थानीय राजु श्रेष्ठको ४ तले निर्माणाधीन घरमा काम गर्न र रेखदेख गर्न बसेका सिन्धुली दुधौलीका रामकुमार सदाकी श्रीमती लिला सदाको भर्याङ्गबाट लडेर मृत्यु भएको हो ।

हिजो राती साढे १० बजेको समयमा उनको लडेर मृत्यु भएको बताइएको छ । खाना खाएर छतमा सुत्न जाने क्रममा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्याङबाट उनी भुईंतलामा बजारिएकी थिइन् ।

सदा खसेको खबर पाएपछि घटनास्थल पुगेको महानगरीय प्रहरी टोलीले शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको थियो । मृतककी एक छोरी समेत छन् ।

टिप्पणीहरू