पञ्च पाण्डवको बीचमा पिरलो

‘कसैले गेरुवस्त्र पहिरिएर मलाई जोगी मानिदे भन्दा तिनको इच्छा पु¥याइदिनुपर्ने ?’ मधेसका पञ्च पाण्डव एउटै छातामुनि आउँदै गर्दा गत बिहीबार डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा कुर्सीको लफडा देखेपछि यतिचाहिँ किटानीसाथ भन्न सकिन्छ– यो एकीकरण दीर्घकालीन नभई चुनाव छेक्ने मेलो मात्र हो । 

एकीकरणबाट सबैभन्दा बढी दिल दुखेछ हृदयेश त्रिपाठीलाई । ड्यासमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादवलगायत लामबद्ध भए । उद्घोषक केशव झाले पटक–पटक बोलाए पनि हृदयेश, बृखेष र सर्वेन्द्रनाथहरू माथि उक्लेनन् । 
हृदयेशले पटक–पटक महन्थ ठाकुरलाई सर्वमान्य नेता बनाएर आफू अध्यक्षमण्डलमा बस्ने इच्छा जाहेर गरेका रहेछन् । जुनियरहरू अध्यक्ष मण्डलमा परेपछि हृदयेशले असन्तुष्टिस्वरूप फ्लोरमै बसेर विरोध जनाएका हुन् । जबकि जुनियर राकेश मिश्र, सुरेन्द्र झाहरू मञ्चमा ढसमस्स भएर बसेको देखियो ।

समस्या अर्काे पनि छ, आफूलाई पहिचानवादी भनौं पार्टीको नामबाट ‘मधेस’ शब्दै उडाएको छ । राष्ट्रिय पार्टी लेखौं, मधेसको भन्दा अरू कुरै छैन । न त पार्टी एकीकरण गरिँदा १० वर्षसम्म आफूहरु सरकारमा रहेर मधेसका लागि के गरियो त्यो खुलाइयो । न भावी योजना स्पष्ट रूपमा अगाडि सारियो । यो एकीकरण कतिसम्म सानो चित्त बोकेर गरिएको छ भने मधेसमा अहिले पनि १९ वटा अरू पार्टी छन् । तिनलाई मिल्नको निम्ति पत्राचारसमेत गरिएन । 

एकातिर नाम जुराउने फुर्सद भएन । चैत २ गते नै निर्वाचन आयोगमा दर्ता भइसकेको गजेन्द्रबहादुर लिम्बूको पार्टीको नाम चोरियो । पार्टीको झण्डा पनि भारतीय झण्डासँग ठ्याक्कै मेल खाने गरी तिरंगा ठडाइयो । जसरी निर्वाचन आयोगले १२१ प्रतिशतसम्म भत्ता दिएर चुनावका बेला कर्मचारी गाउँ–गाउँ खटाउँछ, अरू बेला कर्मचारी गाउँ फर्कन मान्दैनन् ठीक त्यही खटाइको रूपमा एकीकरणलाई विश्लेषण गर्न थालिएको छ । पार्टीको एकीकरण वर्ष दिनभित्र गर्ने बताइएको छ । 

पञ्च पाण्डवको बीचमा को घुस्यो ?

दिनभर पञ्च पाण्डवको रूपमा चर्चामा छाएको भेलामा बेलुका मात्र अनिल झा भित्रिए । ६ पार्टीका ६ अध्यक्षमध्ये सांसद एक मात्र छन् महेन्द्र राययादव । तमलोपा ११, सद्भावना ५, रामसपा र तमसपाको ३÷३, गणतान्त्रिक फोरमको एक जोड्दा एकीकरण पछाडि २३ सांसद उनीहरूसँग छ ।

मञ्चमा टाँगिएको तुलमा पाँच पार्टीका अध्यक्षको तस्बिर लहरै देख्न पाइन्थ्यो । दिनभर हराएका अनिल झा कार्यक्रम सकिनु १० मीनेटअगाडि मात्र आइपुगे । उनलाई राजपामा भिœयाउन हृदयेशहरू सक्रिय रहे । उनले तारन्तार अनिललाई फोन सम्पर्क गरिरहे । अगाडि पोडियममा महन्थ बोल्दै गर्दा अनिलको हात समाउँदै हृदयेश मञ्चतर्फ बढेको देखियो । उता, वैशाख पहिलो साताभित्रै एकीकरण गर्ने उद्घोष गरिएको बाबुराम र उपेन्द्रको पार्टीमा दुबैले अध्यक्ष दावा गर्न थालेपछि एकीकरण पछाडि धकेलिएको छ ।

टिप्पणीहरू