फलफूल बजारमा समेत हुण्डी कारोबारको जालो
ठूला व्यापारी र व्यवसायी हुण्डी कारोबारमा संलग्न रहेको समाचार सुनिए पनि साना व्यापारीमा त्यस्तो देखिएको थिएन । तर काठमाडौंको कुलेश्वरस्थित फलफूल बजरमा हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा दुई जनालाई लाखौं रुपैयाँसहित पक्राउ गरेको छ ।
कुलेश्वरस्थित फलफूल बजारमा स्टल नम्बर १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मिनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेनालाई आज दिउँसो प्रहरीले ३० लाख ७ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर उक्त बजारमा फलफूल व्यवसाय सञ्चालन गरेका उनीहरुलाई हुण्डी कारोबार गरिरहेको बखत प्रहरीले पक्रेको हो ।
टिप्पणीहरू