महाभुकम्पमा भत्किएको पाटीको ६ वर्षपछि पालो

महाभुकम्पमा भत्किएको पाटीको ६ वर्षपछि पालो

२०७२ सालको महाभुकम्पमा भत्केको सरस्वती पाटी पुनर्निर्माणको बल्ल पालो आएको छ । ललितपुर महानगरपालिका ६ पाटन, सुन्धारामा रहेको उक्त पाटीको स्थानीय र वडाको आर्थिक सहयोगमा पुनः निर्माण गर्न लागिएको हो ।

सरस्वती पाटी पुनःनिर्माणको लागि ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा ६ नम्बर वडाबाट ३० लाख रकम प्राप्त भएको छ । त्यस्तै बाँकी रकम ललितपुर महानगरपालिकाले उपलब्ध गराउने बताएको छ ।

आज बिहान आयोजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले शिलान्यास गर्नुभएको हो । त्यसक्रममा ललितपुर महानगरपालिका ६ का वडाध्यक्ष हिटलर शाक्य, पुनर्निर्माण समितिका संयोजक ओम नारायणलगायतको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू