​खोला मिचीमिची मन्त्री होला ?

खोलाकिनारको सार्वजनिक जग्गा मिचेर भूमाफियाले कसरी बिल्डिङ ठड्याउँछन् भन्ने तथ्यको एउटा उदाहरण हुन् गच्छदारको पार्टीबाट मान्य बनेका बाबुराम पोखरेल । उनीद्वारा सञ्चालित भिएस निकेतन स्कुलले खोला किनारको जग्गा मिचेर विद्यालय चलाइरहेका भए पनि उनलाई कसैले छुन सकेको छैन । 

रोगले थलिएका उनै पोखरेल अचेल दैनिक गच्छदारलाई भेट्दै बुढेसकालमा एकपटक भए पनि राज्यमन्त्री बनाइदिन गुहार माग्न थालेका छन् । गच्छदारनिकट स्रोतका अनुसार प्रधानमन्त्रीबाट आफूले चार मन्त्रालय पाउने आश्वासन पाएको बताउँदै उनले समेत पोखरेललाई राज्यमन्त्री बनाउने लोभ देखाएका छन् । 

पछिल्लो समय यस्तै व्यक्तिको मालामाल भएको देख्न पाइन्छ । एउटा व्यक्तिको अगाडि राज्य कसरी निरीह बन्न पुग्छ भन्ने उदाहरण भक्तपुरको हनुमन्ते खोलातिर देख्न पाइन्छ । त्यहाँसमेत खोलाको जग्गा मिचेर एक जना व्यक्तिले त्यहाँ प्रिफ्याक ब्लक निर्माण गरिरहेका छन् । तर, त्यस्ता भू–माफियालाई राज्यले कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिरहेको छ । यसरी खोलाको बाटो नै बदलेर सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने व्यक्ति हुन् ताराबहादुर प्रधानांगपुत्र सञ्जीव । 

भक्तपुरको हनुमन्ते खोलाले चर्चेको जग्गाको बाटै बदलेर उनले त्यहाँ ब्लक चलाइरहेका छन् । खोलाको १२ रोपनी जग्गालाई व्यक्तिगत बनाएर प्रयोग गरे पनि राज्यलाई कुनै दायित्व तिरेका छैनन् । यसो गर्दा त्यहाँका १० घर उच्च जोखिममा छन् भने झण्डै ८० परिवार प्रताडित छन् । 

टिप्पणीहरू