एमसिसीबिरोधी क्रान्तिकारी नेताहरु पक्राउ

एमसिसीबिरोधी क्रान्तिकारी नेताहरु पक्राउ

प्रहरीले काठमाडौंको धोबिचौरबाट अखिल क्रान्तिकारीका नेताहरुलाई पक्राउ गरेको छ । पब्लिक युथ क्याम्पसमा भेला भएका झण्डै ४ दर्जन क्रान्तिकारी नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् ।

अखिल क्रान्तिकारीले आज पब्लिक युथ क्याम्पस इकाइ कमिटीको १३ औं सम्मेलन आयोजना गरेको थियो । सोही क्रममा भेला भएका सबैलाई पक्राउ गरिएको बताइएको छ ।

क्याम्पसका अखिल अध्यक्ष नवीन देवकोटा,केन्द्रीय उपाध्यक्ष इन्द्र भुसाल,पवन कार्की,बाबुराम नेपाली, जगदीश शाहीलगायत झण्डै ५० जनालाई तत्काल पक्राउ गरेर लगिएको बताइएको छ । प्रहरीले क्रान्तिकारीले एमसीसीविरुद्ध हिंसात्मक प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ गरेको आशंका छ ।

टिप्पणीहरू