​कति सत्यता छ यो कुरामा ?

‘हैन, के हो यो ? तपाईंहरू केपी ओलीले होच्यायो, हेप्यो, पेल्यो, जथाभावी भन्यो भन्ने अनि भोटचाहिँ मधेसमा गएर त्यही एमालेलाई खन्याउने ?’ बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै सामुन्ने कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रिय जनता पार्टीका अध्यक्षहरूलाई सोधे । यस्तो अप्रत्याशित प्रश्नको जवाफ भने कसैले दिएनन्, हाँसी मात्र रहे । उनले जिज्ञासा राख्नेक्रम रोेकेनन्, ‘त्यो हृदयेश त्रिपाठीको गाउँ सुस्तासहित  भैरहवा र कपिलवस्तुमा तपाईंहरूले नै एमालेलाई भोट हाल्दिने ? कस्तो तरिका हो यो, भन्नलाई चुनाव बहिष्कार भन्ने तर गएर सूर्यमा ड्याम कि ड्याम छाप हान्ने ? यो के नाटक हो, मैलेचाहिँ बुझ्न सकिनँ ।’

पछिल्ला दिन तराईका असन्तुष्टि संबोधनको उपाय खोजी गर्दै एमाले र मधेसी नेताबीच अनौपचारिक छलफल बाक्लिएको पृष्ठभूमिमा पौडेलले यसरी राजपाका नेतालाई सोझो प्रश्न गर्दै हायलकायल पारेका हुन् । उनै पौडेल सोमबार राति डाबर नेपाल नामक बहुर्राष्ट्रिय कम्पनीद्वारा नेपाली बजारमा आफ्नो पहुँचको २५ वर्ष पुगेको उपलक्ष्यमा सोल्टी होटलमा आयोजित पार्टीमा भारतीय राजदूत मञ्जित सिंह र प्रधानमन्त्री शेरबहादुर देउवाको बीचमा बसेका थिए । त्यही बेला ठूलो टेबलमा पत्नी आरजुसँगै बसेका देउवाले रामचन्द्रलाई खुसुक्क भने, ‘अब भोलि भेट्नुप¥यो क्या !’ यसरी रामचन्द्रलाई ‘भोलि’ बोलाउनुको कारणचाहिँ सोमबार दिउँसै सिंहदरबारमा चलेको घोचपेच रहेछ– त्यसबेला देउवाको भनाइ थियो, ‘एमाले बलियो भो क्या !’ जवाफमा रामचन्द्रले ऊ बलियो भा’को हैन हामी कमजोर भा’का हौं भन्नोस् ।

यसरी प्रतिपक्षी दल बलियो भो भन्दै हिँडेर मात्र हुन्छ ? कारण खोज्नुप¥यो नि † किन एमाले बलियो भयो ? हामी किन तल प¥यांै ? भनेछन् । उनै पौडेलले राप्रपा नेता पशुपति समशेर जबरालाई समेत ¥याख¥याख्ती पारेका रहेछन्, ‘हैन के हो, तपाईंहरूको कुरा त फेरिएजस्तो छ नि ? एमालेले साथ दियो भने मात्र हामी संविधान संशोधनको पक्षमा मत हाल्छौं भन्नुहुन्छ रे, हो ?’ पशुपतिले जवाफमा भनेका थिए, ‘हैन, हैन हाम्रो अध्यक्षलाई उपप्रधानमन्त्री चाहिएको छ । त्यो दिनुभो भने कुरा मिल्छ ।’ फेरि रामचन्द्र जागे ‘उनलाई मात्र सबैथोक दिँदा अरु असन्तुष्ट हुँदैनन् ?’

टिप्पणीहरू