ज्ञानेन्द्र शाही कालो कपडाले मुख छोपेर संसद जाने

ज्ञानेन्द्र शाही कालो कपडाले मुख छोपेर संसद जाने

अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को बिरोध गर्दै आएको ज्ञानेन्द्र शाही समूहले आज साँझ संसद भवन घेराउ गर्ने जनाएको छ । अनुहारमा कालो कपडाले बेरिएर र देशका योद्धा,नो एमसीसी नारा लेखिएको कालो टी शर्टमा प्रस्तुत हुने युवा समूहले संसद घेर्ने बताइएको छ ।

शाहीले एमसीसी पास गर्ने थलो संसदलाई जसरी पनि घेर्न पर्ने भन्दै सबै राष्ट्रभक्त युवा तथा विभिन्न पार्टीमा आबद्धहरुलाई बिरोध कार्यक्रममा सहभागी हुन सामाजिक सञ्जालमार्फत् आह्वान गरेका छन् ।

टिप्पणीहरू