​कहाँबाट ल्याइयो कमरेड ?

प्रदेश नम्बर १ का धेरै ठाउँ सोत्तर भएको माओवादीले मोरङको एक मात्र स्थान रंगेलीमा जित्यो । मेयर बने दिलीप बगडिया । उनको त्यही जिल्लाबाट आठ मतले कांग्रेस उम्मेदवार सदानन्द मण्डललाई हराउने शिवकुमार मण्डलसँगको साइनो भने खोज्नुपर्ने अवस्था छ ।

किन पनि भने १२ वर्षअघिसम्म शिवकुमारलाई दुई छाक खान धौधौ थियो । अहिले उनको सम्पत्ति अजय सुमार्गीको हाराहरीमा हुन लागिसकेको देखिन्छ । यो कसरी सम्भव भयो भने पहाडे जमिन्दारको जग्गामा पार्टीको झण्डा गाडेर उनले सयौं बिघा जमिनमा अरुलाई खेती गर्न लगाए । त्यसमा प्रतिबिघा वार्षिक २६ मन धान असुले । खेती, ठेक्का र अन्य कारोबारमार्फत दश वर्षसम्म त्यसरी उठाएको मण्डलको पैसा व्यवस्थापन गर्ने यिनै नवनिर्वाचित मेयर बगडिया हुन् । यिनीहरु दुवैजना अहिले अकूत सम्पत्तिका मालिक छन् । दुवै जनाको सम्बन्ध दुर्गा सुवेदीसँग पनि राम्रो छ । त्यही सम्बन्धको लाभ उठाउँदै सुशीला कार्की प्रधानन्यायाधीश हुँदा करकापमा कागज गराएको एउटा मुद्दाको फैसला आफ्नो पक्षमा गराएको पनि रंगेलीतिर धेरै चर्चा छ । 

मोरङ माओवादीलाई नजिकबाट नियालिरहेको समाचार स्रोत भन्छ, ‘रंगेलीमा नतिजा हात पार्न दिलीपले गरेको खर्च देखेर विराटनगरका ठूला व्यापारीसमेत छक्क परेका छन् ।’ अहिले त्यो कुन मुद्दा हो, खोजी शुरु भएको छ भने शिवकुमार देउवा क्याबिनेट मन्त्री बन्न खुट्टा उचालेर बसेको अवस्था छ । 

टिप्पणीहरू