अनामनगरमा गोञ्जालोको, भक्तपुरमा सरस्वती बाटीको प्रशँशा

अनामनगरमा गोञ्जालोको, भक्तपुरमा सरस्वती बाटीको प्रशँशा

आज काठमाडौंको अनामनगरमा पेरुका कम्युनिष्ट नेता म्यानुअल रुबेन अबिमायल गुजम्यान रेनोसा अर्थात कमरेड गोञ्जालोको सम्झनामा कार्यक्रम गरिँदैछ ।

साइनिङ पाथका अध्यक्ष गोञ्जालोलाई त्यहाँको सरकारले गिरफ्तार गरेको २९ वर्ष पुगेको सन्दर्भमा आज नेपालका वामपन्थी नेताहरुले उनलाई सम्झन लागेका हुन् ।

नेताहरु सीपी गजुरेल,देव गुरुङलगायतले ८६ वर्षीय गोञ्जालोलाई गिरफ्तार गरेको २९ वर्ष पुगेको सन्दर्भमा उहाँको रिहाई तथा जीवन रक्षाको लागि दबाब सिर्जना गर्न धारणा राख्ने बताइएको छ । कार्यक्रम संवाद डबली, अनामनगरमा दिउँसो १ बजे हुनेछ ।

उता,भक्तपुरमा एमाले नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले भक्तपुरकी पहिलो प्रादेशिक महिला मन्त्री सरस्वती बाटीलाई बधाई र सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

नेपाल खेलकुद महासंघ जिल्ला कमिटीले बाटीलाई बधाई तथा सम्मान र खेलकुद महासंघको मध्यपुर थिमी नगर कमिटी घोषणा गर्ने कार्यक्रम यचु पार्टी भेन्यू,शंखधर चोक,भक्तपुरमा दिउँसो ३ बजे राखिएको हो ।

टिप्पणीहरू