हुम्ला पुग्यो नेकपा एकीकृत समाजवादी

हुम्ला पुग्यो नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले हुम्लामा जिल्ला कमिटी गठन गरेको छ । पहिलो पुस्ताको अनुभव,युवाहरुको जोश र जाँगरको संयोजन गरेर १ सय १ सदस्यीय जिल्ला कमिटी गठन गरिएको बताइएको छ ।

एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीले शिवराज शर्माको नेतृत्वमा गठित १ सय १ सदस्यीय हुम्ला जिल्ला कमिटीलाई अनुमोदन गरेको जानकारी गराएको छ ।

कमिटी अध्यक्षमा शिवराज शर्मा,उपाध्यक्षमा तीर्थराज रोकाया,सचिवमा कमलबहादुर छन्त्याल र उपसचिवमा प्रेमा लामा रहनुभएको छ ।

टिप्पणीहरू