एमसीसी प्रतिकार समूहको चर्को बिरोध

एमसीसी प्रतिकार समूहको चर्को बिरोध

अमेरिकी सहयोग संस्था मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को देशव्यापी विरोध प्रदर्शन हुँदै आएको छ । एमसीसीलाई राष्ट्रघाती परियोजना ठहर गर्दै बिरोधी दल तथा समूहले एमसीसी कुनैपनि हालतमा संसदबाट पास गर्न नहुने माग गरेका हुन् ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणपछि उक्त विषय झन् चर्केको छ । सुमार भ्रमणमा आएको दिनदेखि उनीसहित, प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको फोटो टाँसिएको पुत्ला दहन गरिएको छ ।

आज पनि एमसीसीको बिरोधमा जताततै नाराबाजीसहित बिरोध प्रदर्शन भएको छ । आज दिउँसो माइतीघर मण्डलामा एमसीसी प्रतिकार समूहको आयोजना एमसीसी खारेजीको माग गर्दै बिरोध प्रदर्शन भएको हो ।

एमसीसी प्रतिकार समूहका अभियन्ता शिव यादव, सन्तोष यादवलगायतको उपस्थितिमा भएको प्रदर्शनमा चर्का नारा लगाइएको थियो ।

टिप्पणीहरू