जातेजाते जमिनको प्रशस्त जोगाड

आयल निगममा जस्तै अर्को एउटा निकायमा पनि जग्गा खरिदको ठूलो काण्ड छ तर सार्वजनिक भएको छैन । धेरैले त्यहाँ अनधिकृत मान्छेले कसरी सरकारी अड्डामा मनखुशी गरे भन्नेतिर ध्यान दिएका छैनन् । प्रसंग सुशील कोइरालालाई सुशील कोइरालाकै सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्दाको हो– २०७० साल साउन ६ गते ।

अनौठो कुरा के छ भने उनको म्याद सकिनुपर्ने हो, साउन ५ गते नै । तर त्यही बेला ५ दिनको काज मिलाएर उनी कोहल्पुर पुगेका थिए । जहाँ २० कठ्ठा जमिन किने संस्थानको नाममा । ६ लाख ९० हजारको दरले जग्गा पास गरेर आए ।  उनी भन्छन्, ५ गते मलाई नियुक्त गरिएको भए पनि पत्र बुझेको १६ गते हो । त्यसैले १५ गतेसम्म काम गर्न पाउँछु । तर, जातेजाते जग्गा खरिदमा रुचि देखाएको कारण उनलाई देउवा नै सञ्चारमन्त्री रहेको बेला ८ गते घर पठाइयो । अवकाश पाएकै बेला कसरी कोहलपुर पुगे भनेर खोज्दै जाँदा आफ्नो निम्ति आफैं काज मिलाएर गएको देखियो । यसबीच उनले नयाँ आर्थिक वर्ष लाग्नासाथ अर्थबाट निकाशा ल्याएर आवश्यकताका आधारमा भन्दै जग्गा किनेका हुन् ।

उता महालेखा परीक्षकको कार्यालयले गोरखापत्र संस्थानले तीन वर्षसम्म अडिट नगरेकोमा ताकेता गरिरहेको छ भने प्रेस काउन्सिलमा समेत यसरी अडिट नै नगर्ने संस्थानको प्रकाशनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने कि नगराउने, वर्गीकरणमा राख्ने कि हटाउने भन्नेबारेमा छलफल चल्न थालेको बताइन्छ । अडिट नभई  नविकरण नहुने र नविकरण नभएकोलाई वर्गीकरणमा राख्न गाह्रो पर्ने भएकाले यस्तो प्रश्न उठेको हो । 

टिप्पणीहरू