लमजुङमा २९ किलो जडिबुटी बोकेका ३ जना पक्राउ

लमजुङबाट जडिबुटी तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्रेको छ । आज बिहान जडिबुटी बोकेर हिँडेका उनीहरु बेंशीसहरको सातबिसेबाट पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले हिमाली भेगमा पाइने पाँचऔंले १५ केजी ५ सय ग्राम र नीरमसी १३ केजी ४ सय ग्राम बरामद गरेको हो ।
जडिबुटी तस्करीमा संलग्न भएको आरोपमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाका ३८ वर्षे रामबहादुर तामाङ, वर्ष २४ का मीनबहादुर तामाङ र ४८ वर्षीय आइतराम तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।
टिप्पणीहरू