नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ
नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ ।
निगमल हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेघौली उडान गर्ने भएको छ ।
मेघौलीका लागि एकतर्फी भाडा रु.३,१६५ निर्धारण गरिएको छ भने ४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ ।
यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसीर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ ।
सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिने छ ।
सुकेटारका लागि एकतर्फी भाडा रु.५,४०५ निर्धारण गरिएको छ ।
टिप्पणीहरू