सरकार, यतातिर एक नजर
जस्तो कि, मधेसमा बस्ने मान्छेले रेडियो नेपाल सुन्दैनन्, नेपाल टेलिभिजन हेर्दैनन् । नेपाल टेलिकमको सिमकार्ड पनि हत्तपत्त प्रयोग गर्दैनन् । बरु, भारतीय च्यानल आकाशवाणी, दूरदर्शन हेर्छन् । किनभने, भारतीय प्रशारण माध्यमको रेञ्जले नेपालका सीमावर्ती बस्तीहरुलाई राम्रोसँग कभर गर्दछ । तर, स्वदेशी टेलिभिजन च्यानल र रेडियो स्टेशनहरुले सीमावर्ती क्षेत्र लक्ष्यित प्रशारण क्षेत्र विस्तार गर्न सकेका छैनन् । यसलाई पनि असमानता नै मान्नुपर्छ कि, राज्यले समान व्यवहार गर्न सकेन । तराईका विभिन्न जिल्लामा अहिले पनि भारतीय सिमकार्ड प्रयोगमा आउने गरेको छ । कारण हो, नेपाल टेलिकम र एनसेलहरुले ती भेगमा आफ्नो क्षमता विस्तार नगर्नु । यस्तै बेहाल छ, सुदूरपश्चिमका पहाडी जिल्लामा ।
बझाङ, बाजुरा, डडेल्धुरातिर पारितिरकै प्रशारणमा भरपर्ने अवस्था छ । किनभने, नजिकैको भारतीय शहरलाई लक्ष्यित गरी तयार पारिएको टावरले नेपाली बस्तीमा समेत सुविधा दिइरहेको छ । तर, राज्य नियन्त्रित प्रशारण संस्थाहरुले नै आफ्नो प्रशारण त्यहाँ पु¥याउने कुरामा ध्यान दिएका छैनन् । सबै भेगका जनताबीच एकताको भावना विकास गर्न पनि यस्ता विषयमा गम्भीर हुनुपर्ने हो । तर, मुख्य शहरीभेगबाहेक अन्यत्र राज्यका सुविधा पु¥याउने कुरामा ध्यान नदिइँदा जनतामा उत्तरदायित्वको कमी हुने र वितृष्णाको रफ्तार बढ्दै जाने खतराप्रति सचेत हुनुपर्छ । यसनिम्ति केबल टिभीहरुलाई सहुलियत दिएर राष्ट्रिय च्यानलहरुलाई प्राथमिकतामा पार्न लगाउनु जरुरी देखिन्छ ।
टिप्पणीहरू