सिक्किममा बोटलको पानी प्रतिबन्धित

सिक्किममा बोटलको पानी प्रतिबन्धित

भारतको उत्तरपूर्वी राज्य सिक्किममा बोटलको पानीमा प्रतिबन्ध लगाइने भएको छ । राज्यमा प्लास्टिकमाथि प्रतिबन्ध लगाउने क्रममा उक्त निर्णय गरिएको हो ।

सिक्किम टुरिज्म बोर्डको निर्णयानुसार आगामी नयाँ वर्ष सन् २०२२ देखि उक्त निर्णय कार्यान्वयनमा आउने छ । जनवरी १ देखि सिक्किममा कुनै पनि किसिमका प्लास्टिक प्रयोग गर्न पाइने छैन ।

सोही निर्णयानुसार अबदेखि राज्यमा मिनरल वाटरको नाममा बोटलको पानी पनि बेच्न नपाइने गरिएको हो । वातावरण संरक्षणमा जोड दिँदै उक्त निर्णय लिइएको बताइएको छ ।

टिप्पणीहरू